कला

यो वर्ष को सर्वोत्कृष्ट गायकको अवार्ड नवीन पौडेललाई

१९ आश्विन २०७८
काठमाडौैं ।

गीत संगीत र साधनामा लाग्ने हरुको लागि म्युजिक अवार्ड सफलता को मापन हो। त्यही मापनको लागि शुक्रबार राजधानिको प्रज्ञा प्रतिष्ठानमा कलाकारहरुलाइ अवार्डेड गरिएको छ।

चौथो हिमालयन अन्तराष्ट्रिय नेपाली म्युजिक अवार्ड पचास बिधामा बितरण गरिएको छ। बर्ष भरिमा प्रकाशन गरिएका गीत हरु मध्यबाट उत्कृष्ट छनोट गरेर अवार्डेड गर्ने गरिन्छ। राजधानिको कमलादी स्थित प्रज्ञा प्रतिष्ठान्को हलमा आयोजित अवार्ड वितरण कार्यक्रम मा करिब पचास बिधाका उत्कृष्ट कलाकारलाइ सम्मान गरिएको हो। हिमालयन इभेन्ट को आयोजनामा भएको कार्यक्रममा सर्वोत्कृष्ट गायक को अवार्ड नवीन पौडेल लाई प्रदान गरिएको छ। उनको समयसान्दर्भिक गीत लेउ खुकुरी लेउू लाई बर्षको सर्वोत्कृष्ट गीत बाट अवार्डेड गरिएको हो।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादिका उपाध्यक्ष राजेन्द्र पाण्डे रहनु भएको थियो। चौथो हिमालयन अन्तराष्ट्रिय नेपाली म्युजिक अवार्ड को अबसरमा बरिस्ठ गायक नबिन ढुङ्गेल लाई दिर्घ साधना सम्मान अर्पण गरिएको थियो। अतिथिहरुमा राष्ट्रिय जनसाँस्कृतिक महासंघका केन्द्रिय अध्यक्ष कृपाराम धमला, अन्तराष्ट्रिय नेपाली साहित्य समाजका अध्यक्ष राधेश्याम लेकाली, नानिबाबु बुढाथोकी, निलम पन्त, धन बहादुर बस्नेत, स्याम श्रेष्ठ, बिनोद श्रेष्ठ, भिम प्रसाद सापकोटा रहनु भएको थियो।

उत्कृष्ट जुरि अवार्ड गायिका गिता भट्टराईलाइ, उत्कृष्ट नब गायकमा सन्जय डिम्पल खड्कालाइ, प्रत्यक्ष दोहोरी गायिकामा मधु रसाइलीलाइ, पब्लिक च्वाइस अवार्डमा गायिका सङीता पौडेललाइ, रेशम निर्दोश लगायत विभिन्न बिधाका करिब पचास जना कलाकारलाई अवार्डेड गरिएको थियो। कार्यक्रममा समाजमा उत्कृष्ट कार्य गरे बापत राजनितीज्ञ एबम सामाजसेबी नानिबाबु बुढाथोकी, समाजसेबी एबम स्टार अटो इन्टरप्राइजेजका धन बहादुर बस्नेत, पाली कम्प्लेक्सका स्याम श्रेष्ठ, धादिङ थाक्रेका युबा समाजसेबी निलम पन्त, भिम सापकोटा लाई बिशेश सम्मान गरिएको थियो।newsofnepal/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button