असोज २०, २०७८
एजेन्सी – साविक विजेता मुम्बई इन्डियन्सले राजस्थान रोयल्समाथि सहज जित निकाल्दै इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को प्लेअफ सम्भावना कायमै राखेको छ । मंगलबार राती राजस्थानमाथि ८ विकेटको सहज जित निकाल्दै मुम्बई पाँचौं स्थानमा उक्लिएको छ ।
जितको लागि ९१ रनको सामान्य विजयी लक्ष्य मुम्बईले ८.२ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । मुम्बईका ईशान किशन २५ बलमा ५ चौका र ३ छक्का सहित ५० रनमा अविजित रहे । कप्तान रोहित शर्मा २२ र सूर्यकुमार यादव १३ रनमा आउट भए । राजस्थानका मुस्ताफिजुर रहमान र चेतन सकारियाले १–१ विकेट लिए ।
त्यसअघि शारजाहमा टस हारेर ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९० रन बनाएको थियो । राजस्थानका ओपनर एविन लेविसले १९ बलमा ३ चौका र १ छक्का सहित सर्वाधिक २४ रन बनाए । यशस्वी जैसवाल १२, डेविड मिलर १५ र राहुल टेवाटिया १२ रनम आउट भए । कप्तान सन्जु स्यामसन र शिवम दुबे ३–३ रनमा आउट भए । ग्लेन फिलिप्स ४ रनमा आउट हुन पुगे ।
मुम्बईका नाथन कुल्टर नाइलले ४ ओभरमा १४ रन खर्चेर ४ विकेट लिए । जेम्स निसमले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए । जस्प्रित बुमराहले ४ ओभरमा १४ रन खर्चेर २ विकेट लिए ।
योसँगै मुम्बईको प्लेअफ दौड कायमै रहेको छ । मुम्बईले अन्तिम खेल शुक्रबार हैदराबादसँग खेल्नेछ । उक्त खेलमा मुम्बई फराकिलो अन्तरले विजयी भएमा १४ अंकका साथ प्लेअफमा पुग्न सक्ने समिकरण छ । कोलकाताले बिहीबार राजस्थानसँग खेल्नेछ। कोलकातालाई पनि अन्तिम खेलमा फराकिलो जितको आवश्यक पर्नेछ । कोलकता र मुम्बई अन्तिम खेलमा विजयी भएमा दुबैको १४-१४ अंक हुनेछ । नेट रनरेटको आधारमा एक टोली प्लेअफमा पुग्नेछन् । तर यी दुबै टोली अन्तिम खेलमा पराजित भएमा राजस्थान र पन्जाबलाई पनि १२ अंकमा साथ प्लेअफको बाटो खुल्नेछ ।
अंक तालिका
दिल्ली क्यापिटल्स १३ खेलमा १० मा जित र ३ मा हार सहित २० अंकका साथ शीर्षस्थानमा छ । चेन्नई सुपर किंग्स १३ खेलमा ९ जित र ४ मा हार सहित १८ अंकका साथ दोस्रो स्थानमा छ । रोयल च्यालेन्जर्स बेंगलोर १२ खेलमा ८ मा जित र ४ मा हार सहित १६ अंकका साथ तेस्रो स्थानमा छ । कोलकाता १३ खेलमा ६ जित र ७ मा हार सहित १२ अंकका साथ चौथो स्थानमा छ । मुम्बई १३ खेलमा ६ मा जित र ७ मा हार सहित १२ अंक जोड्दै पाँचौ स्थानमा छ ।
पन्जाब १३ खेलमा ५ मा जित र ८ मा हार सहित १० अंकका साथ छैटौं स्थानमा छ । राजस्थान रोयल्स १३ खेलमा ५ मा जित र ८ मा हार सहित १० अंकका सातौं स्थानमा छ । सनराइजर्स हैदराबाद १२ खेलमा १० मा हार र २ मा जित सहित ४ अंकका साथ पुछारमा छ।
हैदराबाद लिगबाट बाहिरि सकेको छ । दिल्ली, चेन्नई र बेंगलोर प्लेअफमा पुगेका छन् ।hamrokhelkud/from



