खेलकुद

रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलको फराकिलो जित

असोज २७, २०७८
एजेन्सी – फरवार्ड क्रिस्टियानो रोनाल्डोको ह्याट्रिकमा पोर्चुगलले फिफा विश्वकप २०२२ को छनोट अन्तर्गत समूह ए को खेलमा लक्जेम्बर्गमाथि फराकिलो जित दर्ता गरेको छ । रोनाल्डोले पहिलो हाफमा दुई पेनाल्टीसहित तीन गोल गर्दा पोर्चुगल ५-० ले विजयी भएको हो ।

रोनाल्डोले खेलको आठौं र १३ औं मिनेटमा पेनाल्टीमा गोल गर्दो पोर्चुगललाई २-० को अग्रता दिलाएका थिए । १७ औं मिनेटमा ब्रुनो फर्नान्डेसले बर्नार्डो सिल्भाको पासमा गोल गरेका थिए । ६९ औं मिनेटमा जोआओ पाल्हिन्हाले अग्रता बढाएका थिए । खेल सकिन ३ मिनेट बाँकी हुँदा रोनाल्डोले हेडरमार्फत गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलमा दशौं ह्याट्रिक पूरा गर्दा व्यावसायिक करिअरको ५८ औं ह्याट्रिक प्रहार गरे । उनले आफ्नो अन्तर्राष्ट्रिय गोल संख्या १ सय १५ पुर्याएका छन् । उनले गत साता मात्र इरानका अली दाइले राखेको १ सय ९ गोलको कीर्तिमान तोडेका थिए ।

यस जितसँगै पोर्चुगल अंक तालिकामा दोस्रो स्थानमा कायम छ । शीर्षस्थानको सर्बियाको ७ खेलमा १७ अंक तथा पोर्चुगलको ६ खेलमा १६ अंक रहेको छ । पोर्चुगलले अब आयरल्यान्डसँग खेलेपछि अन्तिम खेलमा सर्बियाको सामना गर्नेछ । समूहको शीर्ष स्थानमा रहने टोली सिधै विश्वकपको लागि छनोट हुनेछ । दोस्रो स्थानमा रहने टोलीले भने अर्को छनोट चरण पार गर्नुपर्ने हुन्छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button