
२०७८, असोज २९
बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता चन्द्र बिक्रम चन्द विरजंगको निधन भएको छ । विरजंग नेकपाका महासचिव नेत्र बिक्रम चन्दका सहोदर जेठा दाजु हुन् ।
लामो समयदेखि उच्च रक्तचाप, मधुमेह र फोक्सोको समस्या रहेका विरजंगको भारतको दिल्ली स्थित म्याक्सीस अस्पतालमा शुक्रबार विहान निधन भएको नेकपा श्रोतले बताएको छ
जनयुद्ध कालमा तत्कालिन नेकपा माओवादीको पर्वत र बाग्लुङको ईन्चार्जको जिम्मेवारी निर्वाह गरेका विरजंग पछिल्लो समय विप्लवले नेतृत्व गरेको नेकपाका केन्द्रीय सदस्य थिए ।
केही महिना अघि अदालतको आदेशमा चितवन कारागारबाट रिहा भएका विरजंग कारागारमा रहदा समेत पटक–पटक अस्वस्थ भएपछि अस्पताल भर्ना भएका थिए ।
कपिलबस्तुको शिवराज गढीका स्थायी बासिन्दा ६१ बर्षिय विरजंगका दुई छोरा र एक श्रीमती छन् । विरजंगको शुक्रबार नै कपिलबस्तुको शिवराजगढीमा अन्त्येष्टि गरिने पारिवारिक श्रोतले जनाएको छ ।झिल्को डटकम



