खबर

साढे ३३ किलो सुन प्रकरण : मुख्य आरोपी तीन लाख रुपियाँ धरौटीमा छुटे

काठमाडौं ,मंसिर २८, २०७८
चार वर्षअघिको चर्चित साढे ३३ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणका मुख्य आरोपी ५७ वर्षीय मोहनकुमार अग्रवाल मोरङ जिल्ला अदालतमा सोमबार हाजिर भएर तीन लाख रुपियाँ धरौटीमा छुटेका छन् । अदालतमा उपस्थित भएसंँगै प्रारम्भ भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश भरत लम्सालको इजलासले तीन लाख रुपियाँ धरौटी बुझाएर छाड्न आदेश दिएको थियो ।

अदालतका स्रेस्तेदार टिकेन्द्रवीरजङ्ग राणाले न्यायाधीश लम्सालको इजलासले दिएको आदेशअनुसार धरौटी बुझाएर मुख्य अभियुक्त अग्रवाल छुटेको बताए। तस्करी गरी नेपाल भित्र्याइएको साढे ३३ किलो सुन गायब भएपछि गोरे भनिने चूडामणि उप्रेती सहितको समूहले भरियाका रूपमा काम गर्दै आएका मोरङ उर्लाबारीका सनम शाक्यको २०७४ साल माघ १८ गते हत्या गरेको थियो ।

यस प्रकरणको सूक्ष्म अनुसन्धानपछि जिल्ला प्रहरी कार्यालय मोरङले सङ्गठित रूपमा सुनको अवैध चोरी निकासी, पैठारी र अपहरण तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भएको आरोपमा तत्कालीन सात जना बहालवाला प्रहरी अधिकारीसहित ७७ जनाविरुद्ध जिल्ला अदालत मोरङमा २०७५ वैशाख १९ गते मुद्दा दर्ता भएको थियो । अभियोगपत्रमा १७ अर्ब एक करोड ८० लाख ७१ हजार ४१३ रुपियाँ बिगो माग गरिएको थियो । अदालतले गत असोज १९ गते फैसला सुनाउँदै ५६ जना प्रतिवादीलाई सफाइ दिएको छ । गोरखापत्र दैनिकमा  छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button