मूल खबर

उत्तर कोरियाद्वारा अर्को शंकास्पद मिसाइल प्रक्षेपण

काठमाडौं । उत्तर कोरियाले अर्को शंकास्पद क्षेप्यास्त्र प्रक्षेपण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ ।

उत्तर कोरियाले गएका महिनाहरूमा क्षेप्यास्त्र परीक्षण गर्ने क्रममा दुईटा हाइपरसोनिक मिसाइल प्रक्षेपण गरेको देखिएको छ ।जापानी सागर तर्फ उत्तर कोरियाले यो प्रक्षेपण गरिएको सोमबार दक्षिण कोरियाली सेनाले जनाएको छ ।

प्रक्षेपण गरेको जनाए पनि यसबारे अन्य विवरण भने खुलाएको छैन् ।

जापानी रक्षामन्त्रालयले सम्भवतः ब्लास्टिक मिसाइल हुन सक्ने जनाएको छ ।

उत्तर कोरियाले रेलवे निर्देशित अपेक्षित लक्ष्यमा मार हान्न सक्ने गरी क्षेप्यास्त्र परीक्षण गरेको भनेको केही दिन पछि यो परीक्षण गरेको देखिएको छ ।

यसका अतिरिक्त उत्तर कोरियाले यो वर्षको सुरुदेखि गरेको परीक्षणको क्रममा हाइपरसोनिक मिसाइलका दुई परीक्षण गरेको दाबी गरेको छ ।

गत मंगलबार उत्तर कोरियाले हाइपरसोनिक मिसाइल प्रक्षेपण गरेको थियो ।

उत्तर कोरियाले गरेको परीक्षण प्रति प्रतिक्रिया जनाउँदै अमेरिकाले उत्तर कोरिया र रसियका कम्पनीहरू माथि आर्थिक नाकाबन्दी लगाएको छ ।

उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गर्न पाउनु आफ्नो वैधानिक अधिकार भएको जनाएको छ ।झिल्को डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button