खेलकुद

रुसमाथि फिफा र युइएफएको प्रतिबन्ध

एजेन्सी – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा) र युरोपियन फुटबलको सर्वोच्च निकाय (युइएफए) ले अर्काे सुचना जारी नभएसम्मको लागि रुसलाई फुटबलबाट प्रतिबन्ध सुनाएको छ ।

रुसले युक्रेनमा आक्रमण गरेपछि युक्रेनी जनतासँग ऐक्यबद्धता जनाउदै फिफा र युइएफएले अर्काे सुचना नआएसम्मको लागि रुसलाई प्रतिबन्ध लगाएको हो । फिफा र युईएफएले रुसको राष्ट्रिय टिमसँगै सबै क्लबलाई समेत सबैखाले प्रतियोगितामा प्रतिबन्ध गरेको छ ।

फिफाले आइतबार मात्रै मात्र रुसलाई राष्ट्रिय झण्डा र राष्ट्रिय गानविना अन्तर्राष्ट्रिय फुटबल खेल्न निर्देशन दिएपनि त्यसको चर्काे आलोचना भएपछि फिफाले प्रतिबन्धको नै निर्णय गरेको हो ।

फिफाको यस निर्णयसँगै रुसले अर्को महिना हुने विश्वकप छनोटको प्लेअफमा पनि सहभागिता जनाउन पाउने छैन । रुसले विश्वकप छनोटको प्लेअफमा पोल्यान्डको सामना गर्ने तालिका रहेको थियो । मार्च २९ मा हुने खेलबाट अब पोल्यान्ड अघि बढ्ने सम्भावना छ । उक्त समूहको प्लेअफको अर्को खेलमा चेक रिपब्लिक र स्वीडेन खेल्दैछन् ।

यस्तै यूईएफएले यसअघि नै रुसमा हुने भनिएको च्याम्पियन्स लिगको फाइनल पेरिसमा सारिसकेको छ । यस्तै युरोपा लिगमा आरबी लाइप्जिग र रुसको स्पार्टाक मस्कोबीचको खेल पनि रद्ध हुने आँकलन गरिएको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button