खेलकुद

नेपोलीको जित, इन्टर मिलान रोकियो

एजेन्सी – इटालियन सिरी ‘ए’ को उपाधि होडमा रहेको नेपोलीले जित निकाल्दा इन्टर मिलान बराबरीमा रोकिएको छ । भिक्टर ओसिमहेनको दुई गोल मद्दतमा नेपोलीले १० खेलाडीमा समेटिएको हेलास भेरोनामाथि उसकै मैदानमा २–१ को जित निकाल्न सफल भएको हो ।

घरेलु टोलीका मार्काे डेभिड फाराओनीले एक गोल फर्काए । भेरोनामा आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलको १४औं मिनेटमा भिक्टर ओसिमहेनको गोलबाट नेपोलीले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । उनले माटियो पोलिटानोको पासमा गोल गर्न सफल भएको थियो ।

७१औं मिनेटमा ओसिमहेनले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे । उनले यसपटक जियोभानी डि लोरेन्जोको पासमा गोल गर्न सफल भएका थिए ।

७७औं मिनेटमा मार्काे डेभिड फाराओनीले गोल गर्दै खेललाई २–१ को अवस्थामा ल्याएपनि त्यसपछि घरेलु टोली १० खेलाडीमा समेटिन पुग्दा खेलमा फर्कने सम्भावना सकियो । फेडरिको सेस्चररिनी दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिएको थियो । त्यसपछि थप गोल निस्कन नसक्दा नेपोली विजयी हुन सफल भयो ।

यो जितसँगै नेपोलीले शीर्षस्थानको एसी मिलानसँगको अंकलुरी ३ मा छोट्याएको छ । नेपोलीको २९ खेलबाट ६० अंक पुगेको छ । शीर्षस्थानको मिलानको ६३ अंक छ । पराजित हेलास भेरोना ४१ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

अर्काे खेलमा शीर्ष दौडमै रहेको इन्टर मिलान टोरिनोसँगको हारबाट जोगिएको छ । एक गोलले पछि रहेको अवस्थामा इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा एलेक्सिस सान्चेजले इडेन जेकोको पासमा गोल गर्दै इन्टरलाई हारबाट जोगाए । त्यसअघि घरेलु टोली टोरिनोले खेलको १२औं मिनेटमा ग्लेइसन ब्रेमेरको गोलबाट अग्रता लिएको थियो ।

यो बराबरीपछि इन्टरको उपाधि यात्रा जीवितै रहँदा शीर्षस्थानको मिलानसँग ४ अंकले तथा दोस्रो स्थानको नेपोलीसँग १ अंकले पछि परेको छ । इन्टरको ५९ अंक पुगेको छ । टोरिनो ३५ अंक जोडेर ११औं स्थानमा रहेको छ ।hamrokhelkud/from

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button