मूल खबर

मेचीनगरको –६, ७ र ८ मा नेपाली कांग्रेसको अग्रता

काँकरभिट्टा । झापाको मेचीनगर–६, ७ र ८ नम्बर वडामा नेपाली कांग्रेसले अग्रता बढाउदै लगेको छ ।
आइतबार विहान ६ः३० बजे सम्मको नतिजा अनुसार वडा नम्बर ६ मा ३८२८ को मतगणना हुँदा कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार ललितबहादुर तामाङले २०४० मतका साथ अग्रता लिएका हुन् ।

एमालेका बालकृष्ण थापाले ११६७ मत प्राप्त गरेका छन् । वडाध्यक्षमा कांग्रेसको ८७३ मतको फरक छ ।

त्यस्तै वडा नम्बर ७ मा १०८३ को मतगणना हुँदा कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार राजकुमार राजबंशीले ३१६ मतका साथ अग्रता लिएका छन् ।

एमालेका प्रलादमणि ओलीले २७६ मत प्राप्त गरेका छन् । वडाध्यक्षमा कांग्रेसको ४० मतको फरक छ ।

त्यसैगरी वडा नम्बर ८ मा १०६९ को मतगणना हुँदा कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार गिरीराज धमलाले ६३७ मतका साथ अग्रता लिएका छन् ।

एमालेका विकेन्द्र धिमालले २७३ मत प्राप्त गरेका छन् । वडाध्यक्षमा कांग्रेसको ३६४ मतको फरक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button