मूल खबर

मेचीनगर–६ को वडाध्यक्षमा तामाङ विजयी

काँकरभिट्टा । झापाको मेचीनगर नगरपालिका–६ नम्बर वडामा नेपाली कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार ललितबहादुर तामाङ निर्वाचित भएका छन् ।
सोमबार विहान ४ः३० वजेको नतिजा अनुसार वडा नम्बर ६ को ७७४० मतगणना हुँदा कांग्रेसबाट वडाध्यक्षका उम्मेद्वार तामाङले ३९६९ मत पाएका हुन् ।

तामाङ्गका प्रतिस्पर्धि एमालेका बालकृष्ण थापालाई १७४५ मतको अन्तरले हराएर तामाङ विजयी भएका छन् । थापाले २२२४ मत प्राप्त गरेका छन् ।

उनले २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेका राजु पोखरेललाई २ मतले हराएर वडाध्यक्षमा निर्वाचित भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button