मूल खबर

गौरादहमा सुवेदी र राजवंशी ,कमलमा राई र न्यौपाने र गौरीगञ्जमा फूलवती र पूजन विजयी

दमक । झापाको गौरादह नगरपालिकाको नगर प्रमुख र उपप्रमुख नेकपा एमालेले जितेको छ ।

गएराति सकिएको मतगणना अनुसार नगर प्रमुखमा एमालेका छत्रपति सुवेदी र उपप्रमुखमा जलवर्षा राजवंशी विजयी भएका छन् ।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार एमालेका सुवेदीले १२ हजार ८ सय ४९ मत ल्याउँदा गठबन्धनका तर्फबाट कांग्रेसका रोहितकुमार साहले ११ हजार ४ सय ८४ मत पाएका छन् । पराजित साह निवर्तमान नगर प्रमुख हुन् ।

यसैगरी उपमेयरमा एमालेकी राजवंशीले ११ हजार ९ सय १४ मत ल्याउँदा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका पुष्प ढकालले १० हजार ४ सय ३८ मत प्राप्त गरेका छन् ।

९ वटा वडा रहेको गौरादहमा एमालेले ५ वटा वडा जितेको छ । त्यस्तै कांग्रेसले दुईवटा वडा जित्दा माओवादी र स्वतन्त्रले एक–एक वटा जितेका छन् । वडा नं १ मा एमालेका नगेन्द्र भण्डारी १९९३ , वडा न। २ मा कांग्रेसका गोपालप्रसाद कोइराला १०६८ , वडा नं ३ मा स्वतन्त्र दिलिपकुमार भण्डारी
१०९४ , वडा नं ४ मा एमालेका दुर्गामणि बस्नेत १८५८, वडा नं ५ मा एमालेकै जगन्नाथ खनाल १८९० , वडा नं ६ मा कांग्रेसका तोयानाथ प्रसाई १५३२ , वडा नं ७ मा एमालेकै वलराम खरेल १०२०, वडा नं ८ मा माओवादीका गणेशकुमार राजवंशी १३१४ र वडा नं ९ मा एमालेका उपेन्द्र निरौला १९०८ मतसहित निर्वाचित भएका छन् ।

यसै गरि झापाको कमल गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले उम्मेदवार निर्वाचित भएका छन् ।

गाउँपालिका अध्यक्षमा कांग्रेसका हुकुमसिंह राई तथा उपाध्यक्षमा एमालेकी प्रमिला न्यौपाने निर्वाचित भएका हुन् ।राईले निकटतम् प्रतिद्वन्द्वी एमालेका भीमप्रसाद राईलाई ३ हजार २ सय १५ मतान्तरले पराजित गरे । निर्वाचित राईले १२ हजार ८ सय ६८ मत पाए भने पराजित राईले मात्र ९ हजार ६ सय ५३ मत पाए ।

उपाध्यक्षमा निर्वाचित न्यौपानेले निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका पर्शुराम सुवेदीलाई २ हजार ४ सय ७४ मतान्तरले पराजित गरिन् । न्यौपानेले १० हजार ८ सय ४५ मत पाइन् भने सुवेदीले ८ हजार ३ सय ७१ मत मात्र पाए ।

७ वटा वडा रहेको कमल गाउँपालिकामा एमालेले ४ वटा जितेको छ भने कांग्रेस , माओवादी र एकीकृत समाजवादीले एक–एक वटा जितेका छन् । वडा नं १ मा कांग्रेसका केदार कटुवाल १७८६, वडा नं २ मा एकीकृत समाजवादीका अशोक सुब्बा १८६० , वडा नं ३ मा एमालेका अग्नीप्रसाद कोइराला १७३९ , वडा नं ४ मा एमालेकै चन्द्रप्रसाद भट्टराई १४७४ , वडा नं ५ मा माओवादी केन्द्रका
लालबहादुर बिष्ट १५९२ , वडा नं ६ मा एमालेकै नरेन्द्र भट्टराई १७५० र वडा नं ७ मा पनि एमालेकै पृथ्वीपती राई १६१२ मतसहित निर्वाचित भएका छन् ।

चौतारी पोष्ट अनलाइनलाई प्राप्त पछिल्लो जानकारी अनुसार झापाको गौरीगन्ज गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा महिला उम्मेदवार विजयी भएका छन् ।

अध्यक्षमा कांग्रेस उम्मेदवार फूलवती राजवंशी तथा उपाध्यक्षमा एमाले उम्मेदवार पुजन न्यौपाने कुँवर निर्वाचित भएका हुन् ।

स्थानीय तह निर्वाचनअन्तर्गत आइतबार राति सार्वजनिक अन्तिम मत परिणाममा अध्यक्षमा निर्वाचित राजवंशीले एमाले उम्मेदवार विजयकुमार अग्रवाललाई २ हजार ३ सय ५९ मतान्तरले पराजित गरेकी हुन् ।


राजवंशीले ५ हजार ६ सय ८९ तथा पराजित अग्रवालले ३ हजार ३ सय ३० मत पाएका छन् । गाउँपालिकाको उपाध्यक्षमा एमालेकी कुँवरले कांग्रेसका मखना महतोलाई ९ सय ३० मतान्तरले पराजित गरिन् । न्यौपानेले ४ हजार ७ सय ५५ तथा महतोले ३ हजार ७ सय ९५ मत पाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button