विचार

माओवादीको गुटवाजीले बिथोल्यो मधेस

धर्मेन्द्र कर्ण
काठमाडौं । अजेण्डा र शक्ति सशक्त रहे पनि वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा मधेश प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र० भित्रको आपसी गुटबाजीले गर्दा उक्त पार्टी २०७४ सालको स्थानीय तहको निर्वाचनभन्दा अरु खस्किएको छ ।

माओवादी केन्द्रले पहिला जितेका सिरहा, महोत्तरी, धनुषा, रौतहट, पर्साका थुप्रैै स्थानीय तह गुमाएको छ । सम्भावना बोकेको सिरहा र महोत्तरीमा धेरै गुमेको अवस्था छ । पर्सामा लज्जाजनक परिणाम आएको छ । रौतहटमा पहिला जितेका कतिपय स्थानीय तह गुमेको छ, कतिपय नयाँ ठाउँमा सम्भावना बढेको छ । सर्लाही र सप्तरीमा पहिला भन्दा थोरै सुधार देखिएको छ । बारामा पनि जीतपुर–सिमरा उपमहानगरपालिका जितेर केही प्रभाव जमाएको देखिएको छ ।

यसअघिको निर्वाचनमा मधेश केन्द्रित क्षेत्रीय दलहरु राष्ट्रिय जनता पार्टी, संघीय समाजवादी फोरमको बलियो उपस्थिति थियो । तर, यसपटक उनीहरु पनि कमजोर देखिए । राष्ट्रिय पार्टीको रूपमा पहिचान बनाएका दलहरूमा माओवादी केन्द्र दोस्रो थियो । माओवादी केन्द्रले नगरपालिका स्तरमा एमालेभन्दा बढी स्थानमा जीत हात पारेको थियो । माओवादी केन्द्रले प्रमुखमा १२ र उपप्रमुखमा १८ स्थानमा जितेको थियो । एमालेले भने प्रमुख १२ र उपप्रमुखमा १४ स्थान जितेको थियो । तर, यसपटक भने पहिला माओवादी केन्द्रले जितेका धेरै ठाउँमा एमालेले जितेको छ ।

माओवादी केन्द्रले पहिला जितेका सिरहा, महोत्तरी, धनुषा, रौतहट, पर्साका थुप्रैै स्थानीय तह गुमाएको छ । सम्भावना बोकेको सिरहा र महोत्तरीमा धेरै गुमेको अवस्था छ । पर्सामा लज्जाजनक परिणाम आएको छ । रौतहटमा पहिला जितेका कतिपय स्थानीय तह गुमेको छ, कतिपय नयाँ ठाउँमा सम्भावना बढेको छ । सर्लाही र सप्तरीमा पहिला भन्दा थोरै सुधार देखिएको छ । बारामा पनि जीतपुर–सिमरा उपमहानगरपालिका जितेर केही प्रभाव जमाएको देखिएको छ ।

यसअघिको निर्वाचनमा नेपाली कांग्रेस पहिलो स्थानमा थियो । कांग्रेसले नगरपालिका प्रमुखमा २६ र उपप्रमुखमा २२ स्थान जितेको थियो । यसपटक पनि कांंग्रेस अगाडि देखिएको छ ।

यसअघि नगरपालिकामा दोस्रो स्थानमा पाँच दलीय गठबन्धनको रूपमा बनेको राष्ट्रिय जनता पार्टीले १४ प्रमुख र उपप्रमुखमा १७ स्थानमा जित हात पारेको थियो । संघीय समाजवादी फोरमले १० प्रमुख र ५ उपप्रमुखमा जितेको थियो । अन्यले दुई प्रमुख र एक उपप्रमुख हात पारेका थिए ।

गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्षका आधारमा माओवादी केन्द्रले एमालेलाई उछिनेको थियो । माओवादी केन्द्रले आठ अध्यक्ष र छ उपाध्यक्ष जितेका बेला एमालेले छ अध्यक्ष र पाँच उपाध्यक्ष जितेको थियो ।

गाउँपालिकाका अध्यक्षमा संङ्घीय समाजवादी फोरमले सबैभन्दा बढी अध्यक्ष १६ र उपाध्यक्ष २० स्थानमा जित हासिल गरेको थियो । नेपाली कांग्रेसले अध्यक्ष १४ र उपाध्यक्ष १३ जितेको थियो । राजपाले अध्यक्ष ११ र उपाध्यक्ष १३ स्थानमा जितेको थियो भने अन्यले भने चार अध्यक्ष र दुई उपाध्यक्ष जित हात पारेको थिए ।

यसैगरी वडा अध्यक्षहरूमा सबैभन्दा बढी नेपाली कांग्रेसले जितेका बेला माओवादी केन्द्रले दोस्रो स्थान बनाएको थियो । कांग्रेसले तीन सय ३८ वडा अध्यक्ष जितेका बेला माओवादी केन्द्रले दुई सय ३१ वडा अध्यक्ष जितेको थियो । यसैगरी एमालेले दुई सय ३० , राजपाले एक सय ९४, संघीय समाजवादी फोरमले एक सय ९१ र अन्यले ८९ स्थानमा वडा अध्यक्ष जितेका थिए ।

यसपटक जितेको ठाउँमा राम्रो काम गर्दागर्दै आन्तरिक किचलो र स्थानीय नेताहरूमा आफन्तहरूको आँखा चिम्लेर पक्षपोषण गर्ने प्रवृतिले मधेशमा माओवादी केन्द्रले हैसियत उकास्न नसकेको देखिन्छ ।

पहिलो स्थानीय तहको चुनावमा माओवादी केन्द्रले प्राप्त गरेको जनप्रतिनिधिहरूको यो हैसियत उकास्नुपर्नेमा पार्टीभित्रको आन्तरिक किचलो र गुटबाजीले अपेक्षित जीत निकाल्न नसकेको धेरैको बुझाइ छ ।

यसपटक जितेको ठाउँमा राम्रो काम गर्दागर्दै आन्तरिक किचलो र स्थानीय नेताहरूमा आफन्तहरूको आँखा चिम्लेर पक्षपोषण गर्ने प्रवृतिले मधेशमा माओवादी केन्द्रले हैसियत उकास्न नसकेको देखिन्छ ।

कतिपय ठाउँ गुमाए पनि प्राप्त नतिजाका आधारमा नजितेको ठाउँमा माओवादी केन्द्रको एजेण्डा जित्ने प्रतिनिधिहरूबाट उठाउनु पर्ने र आधार बलियो पार्नु पर्ने आवश्यकता स्थानीय शुभेच्छुक र कार्यकर्ताहरूले औंल्याएका छन् ।

कतिपय ठाउँमा स्थानीयरूपमा लोकप्रिय रहेका व्यक्तिलाई टिकट नदिएर माओवादी केन्द्रमा वागी उठ्ने अवस्था बन्यो । उल्लेख गर्ने व्यक्ति सिरहा, गोलबजारका नेता रामचन्द्र महतो एक हुन् । यस्ता व्यक्तिहरूको हकमा न्यायपूर्ण निर्णय गर्न नसक्नु यो पटक मधेश प्रदेशमा माओवादी केन्द्रले अपेक्षित सफलता हात पार्न नसक्नुको कारण हो । आउँदा दिनमा उक्त पार्टीले यस्ता विषयलाई मिहिन ढङ्गले केलाएर टिकटको निर्णय गर्नुपर्ने देखिन्छ ।झिल्को डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button