खेलकुद

कान्टे र रुवेनले चेल्सीको प्रि–सिजन भ्रमण गुमाउने

एजेन्सी – इंग्लिस क्लब चेल्सीका मिडफिल्डरद्धय एनगोलो कान्टे र रुवेन लफटस चिकले क्लबको प्रि–सिजनको अमेरिका भ्रमण गुमाउने भएका छन् ।

कोरोना भाइरस (कोभिड–१९) को खोपको स्थितिका कारण उनीहरु दुवैले अमेरिका भ्रमण गुमाउने भएको क्लबले जनाएको छ । चेल्सीका टोली शनिबार प्रि–सिजनको लागि अमेरिकाको लस एन्जलस भ्रमणमा निस्किसकेको छ ।

कोरानाविरुद्धको पुर्ण खोप नलगाएका व्यक्तिलाई अमेरिका प्रवेशमा निषेध छ । कान्टे र चिकले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छैनन् । अहिले अमेरिकी नागरिकलाई मात्रै पूर्ण खोप नलाएपनि प्रवेश अनुमति दिने गरेको छ । अन्य देशका नागरिकलाई अमेरिका प्रवेशमा त्यो छुट छैन ।

‘कान्टे र चिकले कोभिडको पूर्ण खोप नलगाएका कारण हामीसँग यात्रा गर्दैनन् ।’ चेल्सीले विज्ञप्तिामा भनेको छ । चेल्सीले अमेरिकाका तीन प्रि–सिजन मैत्रीपूर्ण खेल खेल्दैछ । चेल्सीले जुलाईमा १७ मा लस भेगासमा मेक्सिकोको क्लब अमेरिका, २१ जुलाईमा बैंक अफ अमेरिकामा चार्लाेट एफसी, र २३ जुलाईमा फ्लोरिडामा लन्डन प्रतिद्धन्द्धी आर्सनलसँग प्रतिस्पर्धा गर्ने तालिका छ ।

चेल्सीको अमेरिका भ्रमण टोलीमा गत सिजनभर नै घाइते रहेका बेन चिलवेल र कलम हड्सन ओडोईलाई टोलीमा समावेश गरिएको छ । लोन अमधि पुरा गरेका कोनोर गालाघर, बिल्ली गिलमोर, इथान एम्पाडु र मिची बात्सुयाई पनि भ्रमण टोलीमा रहेका छन् । गत सिजन लोनमै साउथह्याम्टनमा प्रभाव जमाएका अर्मान्डो ब्रोजा पनि अर्काे सातादेखि टोलीमा सामेल हुने बताइएको छ ।हाम्रो खेलकुदबाट ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button