खबर

देशभरमा ६६ वटामात्रै गुणस्तरीय प्रमाण चिह्न

काठमाडौं
औद्योगिकीकरणको पूर्ण अभ्यास नहुनु प्रशासनिक एवं प्रक्रियागत झन्झट हुनु तथा मापदण्ड पनि आफैमा कसिलो भएका कारण औद्योगिक उत्पादनको गुणस्तर सुनिश्चितताका लागि निर्धारित मापदण्ड पूरा गरी लिइने नेपाल गुणस्तर चिह्न लिने उद्योगको संख्या अपेक्षाकृत रुपमा बढ्न सकेको छैन।

जसका कारण गत आर्थिक वर्ष २०७८/०७९ मा १६ वटामात्रै गुणस्तर प्रमाण चिन जारी भएका छन् । अघिल्लो आर्थिक वर्ष २०७७/०७८ मा पनि ६७ वटा गुणस्तर प्रमाण चिह्न मात्रै प्रदान गरिएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ।

नेपाल उद्योग वाणिज्य महासंघका उद्योग समिति सभापति भरतराज आचार्य देशका आद्यौगिकरणको पूर्ण अभ्यास नभएका, प्रशासनिक प्रक्रियागत झन्झट तथा मापदण्ड पनि कसिलो खालको भएकोले एनएस चिल कम जारी भएको बताउँछन् ।

सिमेन्ट, पाइप, डन्डी लगायतका केही वस्तुलाई अनिवार्य एनएस लिनुपर्ने प्रावधान छ भने अन्य केहीमा बाध्यकारी व्यवस्था छैन, उनी भन्छन् । उत्पादन भए पनि गुणस्तर चिह्न नलिएका उत्पादन धेरै भएको उनको अनुभव छ। यद्यपि विभागका महानिर्देशक दिनानाथ मिश्र भने यो संख्या धेरै भएको बताउँछन् ।   कारोबार दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button