
काठमाडौँ
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले न्याय माग्दै संघर्षरत निहारिका राजपुतसँग आज भेट गरेका छन्। उनले (आज)शनिबार त्रिवि शिक्षण अस्पताल पुगेर निहारिकालाई भेटेका हुन्।
भेटपछि महानगर प्रमुख शाहले सामाजिक सञ्जाल फेसबुकमा निहारिकामाथि अत्याचार गरिएको टिप्पणी समेत गरेका छन्।
भेटको तस्बिर सार्वजनिक गर्दै शाहले लेखेका छन्,‘आफ्नो बच्चाको डीएनए टेस्ट गरिदे मात्रै त भनेको रैछ। यति गर्न एउटी आमाले जल्न तयार हुनु पर्ने?यो अत्ति हो। यो अत्याचार हो। कानुनीराज्य यस्तो हुँदैन। अभिभावक भनिने राज्य यस्तो हुनु हुँदैन।’



