मूल खबर

प्रदेशसभा उम्मेद्वारमा कार्कीको चर्चा

मेचीनगर । मंसीर ४ गते हुने प्रतिनिधि र प्रदेशसभाका निर्वाचनमा झापा क्षेत्र नं १(क)बाट एमालेका युवा नेता राजु कार्कीको चर्चा शुरु भएको छ । नेकपा(एमाले)ले आफ्ना उम्मेद्वारको नामावली तयार नगरेको भए पनि क्षेत्र नं १(क)मा युवा नेता कार्कीको उम्मेद्वारीको चर्चा शुरु भएको हो । सामाजिक सञ्जालमार्फत राजुको उम्मेद्वारीका विषयमा उनका शुभचिन्तकहरुले कार्कीको उम्मेद्वारीको चर्चा चलाएकाछन् । नेकपा(एमाले)झापाका युवा नेताका रुपमा परिचित कार्कीले भने आफ्नो उम्मेद्वारीका विषयमा केही बोलेकाछैनन् । कार्कीको मौनतालाई प्रदेशसभाको सदस्यका लागि उनी आकांक्षी बनेको भने देखिन्छ । एमाले भित्र युवाहरुको नेतृत्वको बहस चलिरहेको बेला राजुको उम्मेद्वारीको चर्चाको विषय सामान्य भएको एक थरि एमाले कार्यकर्ताहरुको भनाई रहेको छ ।कार्की निकट एमाले कार्यकर्ताहरुले उनको उम्मेद्वारीको विषयमा चर्चा चलाउनलाई राजनीतिक विश्लेषकहरु पार्टी नेतृत्व माथि अप्रत्यक्ष दबाव भएको बताउँछन् भने कतिपय एमालेका युवा कार्यकर्ताहरु अबको नेतृत्वमा युवाहरुलाई अवसर दिनु पर्ने तर्क समेत राख्नेहरु छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button