
नेहाल दर्जी
मेचीनगर । आगमी मंसिर ४ को प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव नजिकिदै गर्दा पार्टीहरुबाट उम्मेदवारको सिफारिस भई रहेको छ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा संघीयचुनावमा उम्मेदवारका लागि झापा क्षेत्र नं १ बाट सर्वसम्मत सिफारिस भए सँगै सोही क्षेत्र बाट आज(शुक्रबार)बस्ने माओवादी केन्द्रको बैठकले नेकपा (माओवादी केन्द्र)बाट राम कार्कीलाई सर्वसम्मत सिफारिस गर्ने माओवादीका एक नेताले चौतारी पोष्ट अनलाइनलाई बताए । उनका अनुसार झापा क्षेत्र नं १ ‘क’बाट प्रदेश सभाका लागि राजु दाहाल र ‘ख’ बाट श्यामबीर लिम्बुलाई सर्वसम्मत सिफारिस गरिने लगभग पक्का जस्तै भएको बुझिएको छ ।



