खेलकुद

झापाका खेलाडी सम्मानित

भद्रपुर।

झापा जिल्ला खेलकुद विकास समितिले २१ जनालाइ सम्मान तथा पुरस्कृत गरेको छ । समितिले विहीबार मेची रङ्गशालामा आयोजना गरेको कार्यक्रममा पूर्व अध्यक्ष तथा कर्मचारी,प्रशिक्षक र खेलाडीलाइ सम्मान गरेको हो ।

गण्डकी प्रदेशको पोखरामा यस वर्षको सम्पन्न नवौ राष्ट्रिय खेलकुदमा झापाबाट भाग लिएका मध्ये विभिन्न खेल समूहमा विजेता १६ जना खेलाडी,दुइजना प्रशिक्षक,एक जना विकास समितिका पूर्व अध्यक्ष र दुइजना अवकास कर्मचारी रहेका छन् ।

सम्मानसहित पुरस्कृत हुने खेलाडीहरुमा बक्सिङ तर्फ स्वर्णमा त्रिसा जवेगु र आइटिएफ तक्वान्दोमा रोशन मगर , रजतमा बक्सिङका अभिनय राइ र सुस्मिता राई रहेका छन् भने आर्चरीमा योगिता काम्वाङ र स्मृति उप्रेति रहेका छन् । त्यसैगरी बुद्धिचाल प्रतियोगितामा कृतिसरा अधिकारी, पौडीमा प्रारम्भ भण्डारी र सेपाताक्रोमा सुशिल विश्वकर्मा रहेका छन् ।

कास्य पदक विजेताहरुमा बुद्धिचालकी खुश्वु थापा र राजन सुवेदी , जूडोका निश्चल राई,मङगलु मेचे र प्रेम गुरुङ् र कुस्तीका विशाल वुढाथोकी र रेनुका राजवंशी छन् । उनीहरुलाइ १ नम्बर प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव एवम कार्यक्रमका प्रमुख अतिथि हङ्सराज वाग्ले लगायतले सम्मान तथा पुरस्कृत गरेका थिए । स्वर्ण पदक प्राप्त खेलाडीलाइ १० हजार,कास्यलाइ ५ र रजतलाइ ३ हजार नगद,सम्मान पत्र र ट्रयाकसुट वितरण गरिएको थियो ।
कार्यक्रममा प्रशिक्षक डम्बर लिम्बु र नविन तामाङ्लाइ समेत सम्मान गरिएको थियो ।

समितिको अध्यक्ष कार्यकालमा देशभरबाट उत्कृष्ट खेलकुद विकास समिति वनाउन सफल भएसगै साढे ३ लाख पुरस्कृत भएको अवसरमा पपूर्व अध्यक्ष शङ्कर थापालाइ सम्मान गरिएको थियो । त्यसैगरी विकास समितिका कार्यलय प्रमुख टहलदास मैनाली र लेखापाल देवि कार्की न्यौपानेलाइ अवकास प्राप्त कर्मचारीमा सम्मान गरिएको थियो । कार्यक्रममा विकास समितिका पूर्व अध्यक्ष थापाले विजेता खेलाडीलाइ प्रोत्साहनस्वरुप नगद प्रदान गर्नुभएको थियो ।

नवौ राष्ट्रिय खेलकुदमा झापाबाट १४३ जना खेलाडी सहभागि भएकोमा ८ वटा खेलबाट दुइ स्वर्ण,नौ रजत र ६ कास्य पदक प्राप्त गरेका थिए । विकास समितिका अध्यक्ष भेषराज (प्रसान्त) भण्डारीको सभापतित्व तथा प्रदेश सदस्य सचिव वाग्लेको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा विभिन्न खेल समूहका प्रशिक्षक तथा पदाधिकारी,भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकालसहित पदाधिकारी,उद्योगी,व्यवसायी, खेलप्रेमी लगायतको उपस्थिति रहेको थियो ।न्युज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button