खेलकुद

वल्भ्स र भिल्लालाई सफलता

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा वल्भ्स र एस्टन भिल्लाले सफलता हात पार्दा लेस्टर सिटी बराबरीमा रोकिएको छ ।वल्भ्सले घरेलु मैदानमा क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको छ ।

वल्भ्सको जितमा रुवेन नेभेसले गोल गर्दा एक गोल उपहार पाएको थियो । मोलिनक्स स्टेडियम वल्भ्समा मंगलबार राति भएको खेलको तेस्रो मिनेटमा नै जोआचिम एन्डरसेनको आत्मघाती गोलबाट वल्भ्सले १–० को अग्रता लिन सफल भयो ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको चौथो मिनेटमा नेभेसले पेनाल्टीमा गोल गर्दै वल्भ्सको जित पक्का गरे । यस जितसँगै वल्भ्स ३३ खेलबाट ३७ अंक जोडेर १३औं स्थानमा उक्लिएको छ । समान ३७ अंक रहेपनि पराजित क्रिस्टल प्यालेस गोल अन्तरमा अघि छ ।

अर्काे खेलमा एस्टन भिल्लाले फुलहमलाई १–० ले पराजित गरेको छ । भिल्लाको जितमा २१औं मिनेटमा टेरोन मिङ्सले गरेको गोल नै निर्णायक बन्यो ।

यस जितसँगै भिल्ला ३३ खेलबाट ५४ अंक जोडेर पाँचौं स्थानमा उक्लिएको छ । पराजित फुलहम ३२ खेलबाट ४५ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

यस्तै अर्काे खेलमा लिड्स युनाइटेड र लेस्टर सिटीले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । लिड्सका लुइस सिनिसटेराले गोल गर्दा लेस्टरका जेमी भार्डीले बराबरी गोल फर्काए ।

यस बराबरीसँगै १६औं स्थानमा रहेको लिड्सको ३३ खेलबाट ३० अंक पुगेको छ । समान खेलबाटै २९ अंक जोडेको लेस्टर १७औं स्थानमा छ ।हाम्रो खेलकुदबाट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button