
सुरुङ्गा । झापाको झापा गाउँपालिकाले पालिकाको विकासका लागि सुझाव मागेको छ आर्थीक वर्षका २०८०÷२०८१ का लागि नीति, कार्यक्रम तथा बजेट तर्जुमा लागि पालिकाले सरोकारवाला सबैसँग सुझाव मागेको हो । पालिकाको तर्फबाट एक सुचना जारी गर्दै स्थानीय सबै पक्षसँग आगामी आर्थीक वर्षको नीति, कार्यक्रम र बजेटलाई जनमैत्री, प्रभावकारी र जनसहभागितामूलक बनाउन सो पालिकाले सुझाव मागेको हो ।समग्र पालिकाको विकासमा आआफ्ना राय तथा सुझावका लागि झापामा संभवत सुचना प्रकाशन गरि नीति, कार्यक्रम र बजेटको तर्जुमा अघि जनसुझाव माग्ने झापा गाउँपालिकानै पहिलो पालिका हुनुपर्छ ।



