कला

‘बगान’ को पोस्टर सार्वजनिक

काठमाडौँ। अभिनेता सरोज खनालको डेब्यु निर्देशन रहेको नेपाली चलचित्र ‘बगान’ यही असार २९ गते प्रदर्शन हुने भएको छ। प्रदर्शन मितिसहित सार्वजनिक गरिएको पोस्टरमा चलचित्रका प्रमुख कलाकारहरू सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ, नवअभिनेतृ प्रमिला कार्कीलाई राखिएको छ।

नेपालको पहिलो चलचित्र ‘आमा’ की अभिनेतृ वसुन्धरा भुसालसहित नीर शाह, मिथिला शर्माको पनि यस चलचित्रमा अभिनय रहेको छ। चलचित्रको विषयबारे प्रस्ट पार्दै निर्देशक तथा पटकथाकार खनालले नाटक मञ्चन गर्ने तयारी सन्दर्भमा नाट्यकर्मी सुनील पोखरेलले उपलब्ध गराएको कथासङ्ग्रहबाट ‘बगान’ बनाएको बताउनुभयो। चलचित्रमा गौरीशङ्कर धुजुको डिओपी, उत्सव दाहाल र नारायण जिसीको छायाङ्कन, अर्जुन जिसी, राजेश शाह र सन्देश शाहको सम्पादन र समीर मियाँको भिएफएक्स रहेको छ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button