मूल खबरस्वास्थ्य

टोखाका रक्तचाप,मधुमेहका बिरामीलाई औषधि उपचारमा मेयर अधिकारीले गरे यस्तो घोषणा

काठमाडौ ।

टोखा नगरपालिकाले उच्च रक्तचाप र मधुमेह रोगको नियमित औषधि सेवन गर्नेलाई औषधिमा १०,०००र आर्थिक सहयोग गर्ने भएको छ ।

मेयर कार्यक्रम अन्तर्गत ५० वर्ष भन्दा माथिका स्थायी वासिन्दाले बाषिक अधिकतम औषधी खर्च दश हजार लाई आधार मानि सो रकमको ५० प्रतिशत हुन आउने रकम नगरपालिकाको तर्फबाट भुक्तानी गराउने नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनु भयो ।

असार १५ गते सम्म नेपाली नागरिताको प्रमाण पत्र, टोखा नगरपालिकाको स्थायी वासिन्दा भएको प्रमाण, बैंक खाताको चेकको फोटोकपी , डाक्टरको प्रेस्कृप्सन र १० हजार बराबरको औषधि किनेको बिल लियर नगरपालिका स्वास्थ्य शाखामा सम्पर्क राख्न नगर प्रमुखद्धारा जारी गरिएको बिज्ञप्ती मार्फत अनुरोध गरिएको छ ।

यो संगै टोखामा म स्वस्थ, मेरो टोखा नगर स्वस्थ भन्ने मूल नाराको साथमा टोखा नगरपालिकाले मेयर दिर्घायु कार्यक्रम प्रभाबकारी रुपमा संचालन भैराखेको छ । नगर बासीलाइ रगत आवश्यक परेमा रक्त संचार केन्द्र बाट रगत ल्याउदा लाग्ने रकम पनि नगरपालिकाले बेहोर्ने बेवास्था समेत गरेको छ ।साझा पाना

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button