मूल खबर

१ करोड ३० लाख मूल्य बराबरको सामान बरामद गरेर भन्सार बुझायो सशस्त्र प्रहरीले

मेचीनगर। अवैध रूपमा चोरीपैठारी गरिएका करिब १ करोड ३० लाख बराबरका सामान सशस्त्र प्रहरीले बरामद गरि भन्सार दाखिला गरेको छ। सशस्त्र प्रहरी बल,नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काकँडभिट्टाले अढाई महिनाको अवधिमा उक्त परिमाणबराबरका सामान बरामद गरि मेची भन्सार कार्यालय काँकडभिट्टामा दाखिला गरेको गुल्मका प्रमुख डिएसपी निर्मल कुमार थापाले बताए। गत बैशाखबाट गुल्मको कमाण्ड सम्हालेका थापाको टोलीले सीमाबाट हुने चोरीपैठारी रोक्न निकै कसिलो सुरक्षा तथा चेकजाँच गरे पछि यो परिमाणमा सामान बरामद गरेको हो। सीमा नाकामा कडाइ गर्न थाले पछि निकै विवादको सामना गर्दै आएको छ, सशस्त्र प्रहरीले । ।

अढाई महिनाको अवधिमा बरामद गरिका सामानहरूमा कपडा,हाडवर्यर, किराना सामान,इलेक्ट्रिकल ,जुत्ता चपल,भाडा वर्तन,लगाएत छन्। उत्त सामान मेची पुल ,मोबाइल चेकपोस्ट,जोर सिमल, सतिघटटा,पिंकीठ्याक,दुर्गा मन्दिर , नकलबन्दा लगायतका सीमानाकाबाट बरामद गरेको डिएसपी थापाले बताए।पछिल्लो समय सशस्त्र प्रहरीले सीमाबाट हुने चोरीपैठारी रोक्न कडाई गरेको छ। बिगतमा सामान सेटिङमा छोडेको आरोप खेप्दै आएको सशस्त्र प्रहरीले पछिल्लो समय कडाइ गरेको भन्दै विभिन्न विवादको सामना गर्नु परेको छ ।साच्चिकै अबका दिनमा पनि यस्तै सकृयताका साथ इमानदारीपूर्वक कार्य सम्पादन गर्ला सशस्त्र प्रहरीले ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button