मूल खबर

राष्ट्रियसभा बैठक, बिनियोजन बिद्येयकमाथि मन्त्रालयगत रुपमा छलफल हुने

काठमाडौं । संघीय संसदअन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ। बैठक संघीय संसद भवन, नयाँ वानेश्वरमा दिउँसो १ बजे बस्न लागेको हो ।

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयबाट प्राप्त मन्त्रीपरिषद सदस्यहरुको कार्यभार तोकिएको सबन्धी पत्रहरुको ब्योहोरा जानकारी गराउने सम्भावित कार्यसूचीमा उल्लेख छ ।

यसैगरी, बैठकमा बिनियोजन बिद्येयकमाथि मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार आजको बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय, सहरी विकास मन्त्रालय र उद्योग बाणिज्य तथा आपुर्ति मन्त्रालयमाथि छुटाइएको बजेटमाथि छलफल हुनेछ ।

साथै, शिक्षा मन्त्री अशोककुमार राईले बिद्यायन ब्यवस्थापन समितिको प्रतिवेदनसहित नेपाल विश्वबिद्यालय बिधेयक २०७९ माथि छलफल गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा सो बिद्येयक पारित गरियोस भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचीमा उल्लेख रहेको छ ।हिमालय टाइम्स

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button