मूल खबर

तीनकुनेस्थित गैरीगाउँमा खुकुरी प्रहार गरी चार जनाको हत्या

काठमाडौं । काठमाडौंको तीनकुने स्थित गैह्रीगाउँ आरोलो नजिक ४ जनाको हत्या भएको छ । धारिलो हतियार प्रहार गरि गएराती हत्या भएको हो । मृत्यु हुनेमा २ महिला र दुई जना पुरुष छन् ।

काठमाडौं प्रहरी परिसरका सहप्रवक्ता अनिल अधिकारीका अनुसार गैह्रीगाउँ स्थित दिव्य सः मिल भित्र हत्या गरेको अवस्थामा प्रहरीले आज विहान चार जनाको शव फेला पारेको हो ।

हत्या हुनेमा दोलखा घर भएका ३ जना र १ जना धनकुटाका छन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
थप विवरण आउँन बाँकी छ ।रिपोर्टर्स नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button