मूल खबर

इजरायलमा मृत्यु भएका नेपालीको शव नल्याउने

काठमाडौं ।

हमासको आक्रमणमा परी इजरायलमा ज्यान गुमाएका १० नेपाली विद्यार्थीको शव ल्याउन ढिलाइ हुने भएको छ।

बुधबार राति नेपाल वायु सेवा निगमको जहाज इजरायल जाँदैछ। परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले आज जाने २५० यात्रु क्षमताको जहाजले विद्यार्थीलाई प्राथमिकतामा राखेर नेपालीलाई फिर्ता ल्याएर आउने बताइन्।

अहिले इजरायल सरकारले शव हस्तान्तरण नै नगरेको उनले बताइन। ‘नेपालबाहेक अरू देशका नागरिकको शव पनि इजरायल सरकारले हस्तान्तरण नगरेकाले अहिले तत्काल शव ल्याउन सम्भव छैन। पोष्टमार्टमलगायत काम गर्न बाँकी नै छ।न्युज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button