खबर

स्कुटर दुर्घटनामा श्रीमतीको मृत्यु, श्रीमान घाइते

मकवानपुर : काठमाडौं कुलेखानी हेटौंडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका-६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

काठमाडौंबाट हेटौंडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना हुँदा ६२ वर्षीया राज्यश्री थापा क्षेत्रीको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्कुटर चालक काठमाडौं महानगरपालिका–२७ बस्ने वर्ष ६५ का शशीराज पाण्डे घाइते भएका र उनको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ। ६२ वर्षीया राज्यश्रीको हेटौंडा अस्पतालमा उपचारका क्रममा साँझ करिब ७:३० बजे मृत्यु भएको थियो। उनीहरू श्रीमान् श्रीमती हुन्।

उनका अनुसार जुरिखेतको ओरालोमा स्कुटर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेको थियो।अन्नपूर्ण

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button