
काठमाडौं । आइसीसी विश्वकप क्रिकेटमा पाकिस्तानले तेस्रो जीत निकालेको छ । पाकिस्तान जितसँगै तालिकाको पाँचौं स्थानमा उक्लिदा बंगलादेश भने छैटौं पराजयसहित विश्वकपको समूह चरणबाट आउट हुने पक्का भएको छ ।
पाकिस्तानले मंगलबार बंगलादेशलाई ७ विकेटले पराजित गरेको हो ।
लगातार चार खेलमा पराजय भोगेको पाकिस्तानले जितसँगै सेमिफाइनल पुग्ने सम्भावना कायमै राखेको छ । बंगलादेशले दिएको २०५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२.५ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो । पाकिस्तानलाई जिताउनका लागि अब्दुल्लाह सफिकले ६८ रन बनाउँदा फकर जमानले ८१ रनको उत्कृष्ट पारि खेले । पहिलो विकेटका लागि १२८ रनको साझेदारी गरेका थिए । दोस्रो विकेटको रुपमा कप्तान बाबर आजम ९ रन बनाउँदै आउट भएका थिए । मोहमद रिजवान २६ तथा इफ्तिकर अहमदले १७ रनको नटआउट पारि खेले ।
बंगलादेशका मेहदी हसन एक्लैले ३ विकेट लिए । पहिले ब्याटिङ गरेको बंगलादेशको टोली ४५.१ ओभरमा २०४ रन मात्रै बनाएर अलआउट भएको थियो । पाकिस्तानका लागि शाहिन अफ्रिदी र मोहम्मद वासिम जुनियरले सर्वाधिक ३–३ विकेट लिए ।जनता समाचार



