
बिर्तमोड़। जनकल्याण प्रतिष्ठान एकल बिद्यालय अभियान नेपाल झापा जिल्ला समिति पुर्नगठन भएको छ
वुधबार एक कार्यक्रमको बीच पुर्नगठन भएको सो समितिको जिल्ला अध्यक्षमा शंकर भट्टराई रहेका छन ।सो समितिको प्रथम उपाध्यक्षमा ईश्वरा कड़ेल, ब्दितीय उपाध्यक्ष मा ईश्वरप्रसाद पोखरेल, सचिवमा खिना मायाँ फुयल, सहसचिवमा अग्रज पत्रकार तथा साहित्यकार देवेन्द्र किशोर ढुङगाना र कोषाध्यक्षमा सत्येन्द्र कुमार कर्ण चयन भएका छन् ।
विश्व हिन्दू परिषद नेपाल झापाका अध्यक्ष होमनाथ ढुङगेलको प्रमुख आतिथ्यमा आयोजित भेलाले प्रतिष्ठान झापाको पूनर्गठीत समिति उन्नाइस सदस्यीय सहित सात सदस्यीय जिल्ला कार्य सम्पादान समिति गठन गरिएको छ ।
सनातन शाश्वत हिन्दू जीवन मूल्य, मान्यताको रक्षा एवं प्रचार प्रसार गर्ने, हिन्दू धर्म प्रति बिद्यार्थी वर्गमा चेतना अभिबृद्धि गर्नेलगायत विविध कार्यक्रम संचालन गर्ने, धार्मिक एकता र सदभावको सृजना गर्ने तथा समय सापेक्ष नैतिक तथा आध्यात्मिक जीवन पद्धति बारे शैक्षिक क्षेत्रमा जागरण फैलाउने मुख्य उद्देश्यका साथ प्रतिष्ठानको स्थापना गरिएको जानकारी प्रमुख अतिथि ढुङगेलले दिएका छनृ ।



