खबर

भारतको आसाममा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

एजेन्सी ।

भारतको आसाममा बस र ट्रक ठोक्किँदा १२ जनाको मृत्यु भएको छ। आसामको गोलाघाट जिल्लाको डेरगाउँ क्षेत्र नजिक भएको उक्त दुर्घटनामा २५ जनाभन्दा बढी घाइते भएका छन्।

गोलाघाटका एसपी राजेन सिंहले दुर्घटना गोलाघाटको डेरगाउँ नजिकै बलिजान क्षेत्रमा आज बिहान ५ बजे भएको जानकारी दिए। उनका अनुसार अहिले घाइतेहरूको उपचार भइरहेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार सो बसमा ४५ जना सवार थिए। जोरहट मेडिकल कलेज र अस्पतालका एक वरिष्ठ डाक्टरले पत्रकारहरूलाई दिएको जानकारी अनुसार सो दुर्घटनामा घाइते भएका मध्ये ३० जनाको उपचार भइरहेको छ।

गोलाघाटको कामरगाउँबाट तिनसुकिया जिल्लाको तिलिंगा मन्दिरतर्फ पिकनिकका लागि जाँदै गरेको बस आज बिहान ट्रकसँग ठोक्किएर दुर्घटना भएको जनाइएको छ।

जोरहाट दिशाबाट ट्रक गलत दिशामा आउँदै गरेको प्रहरीले जनाएको छ। बस सही बाटोमा थियो तर दुवै सवारी साधन तीव्र गतिमा थिए।

न्यूज अफ नेपाल

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button