
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज २०८० साल पुस २० गते शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।
जसअनुसार अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८८ पैसा र बिक्री दर १३३ रुपैयाँ ४८ पैसा पुगेको छ। युरो एकको खरिद दर १४५ रुपैयाँ ५७ पैसा र बिक्री दर १४६ रुपैयाँ २३ पैसा रहेको छ।
त्यस्तै बेलायती पाउण्ड एकको खरिद दर १६८ रुपैयाँ ८२ पैसा र बिक्री दर १६९ रुपैयाँ ५९ पैसा रहेको छ। कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४६ पैसा र बिक्री दर ३६ रुपैयाँ ६३ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।



