खबर

कांग्रेसमा विवादै विवाद

काठमाडौं । राष्ट्रिय सभाका लागि सत्ता गठबन्धनबीचमा भएको भागबन्डामा नेपाली कांग्रेसले १० सिट पायो । सो सिटमा उम्मेदवार तय गर्न पार्टी कार्यालय सानेपामा आइतबार बसेको संसदीय बोर्डको बैठकले सहमति जुटाउन सकेन । एक पदाधिकारीका अनुसार सो छलफलमा दुईवटा नाममा मात्र सहमति भएको छ । अन्यमा विवाद देखिएको हो ।

कोशी प्रदेशबाट कृष्ण सिटौला र मधेसबाट आनन्दप्रसाद ढुंगानाको नाममा मात्र सहमति जुटेको र अन्यमा छलफल जारी रहेको ती पदाधिकारीले बताए । सत्ता गठबन्धनबाट राष्ट्रिय सभाको टिकट पाएसँगै नेता सिटौला भने आइतबार नै कोशी प्रदेशको राजधानी विराटनगर गएका छन् । अब कांग्रेसले ८ सिटमा उम्मेदवार तय गर्नुपर्नेछ ।

बैठकमा सहभागी एक पदाधिकारीका अनुसार सभापति शेरबहादुर देउवाद्वारा हस्ताक्षर गरिएको टिकट लिएर सिटौला झापा जान हिँडेका थिए । सिटौला वरिष्ठ नेता भएकाले उनलाई यसपटक राष्ट्रिय सभाको नेतृत्व नै गरेर पठाउनुपर्ने भन्दै सभापति देउवाले उनको नाम बैठकमा राखेका थिए ।

सभापति देउवाले आइतबार बिहान शेखर कोइराला र गगन थापासँग सिटौलाका ’boutमा कुरा गरेका थिए । लगत्तै सभापति देउवाले संसदीय बोर्डमा राखेका थिए ।

त्यस्तै, मधेस प्रदेशमा आनन्द ढुंगानाको नाममा सहमति जुटेको ती पदाधिकारीले जानकारी दिए ।

कांग्रेसले पाएको बाग्मती र कर्णालीको सिटमा तय गर्ने उम्मेदवारमा भने विवाद जारी रहेको ती पदाधिकारीले बताए ।

बागमती प्रदेशमा भने उम्मेदवार टुंग्याउन केही विवाद देखिएको उनले बताए । बाग्मतीमा तरुण दलका पूर्वअध्यक्ष जीतजंग बस्नेत र काठमाडौं जिल्ला सभापति सबुज बानियाँको नाम बैठकमा आएको थियो । यी नाममा दुवै पक्षले अडान राखेपछि विवाद भएको हो ।राजधानी दैनिकबाट ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button