
मेचीनगर ः पानी पोखरेल कूल बंश प्रतिष्ठान मेचीनगरले शुक्रबार जनप्रतिनिधि, सुरक्षा निकाय, कानुन व्यवसायीसहित विभिन्न विधामा अग्रज र नेपाल सरकारको विभिन्न उच्च तहमा पुग्नुहुने ११ सहित २९ जनालाई सम्मान गरेको छ ।
प्रतिष्ठानको दोस्रो वार्षिक साधारणसभाको अवसर पारेर भद्रपुर नगरपालिकाका नगरप्रमुख गणेशप्रसाद पोखरेल, मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, वरिष्ठ अधिवक्ता अशोककुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेल, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षकद्वय अर्जुनकुमार पोखरेल, कृष्णप्रसाद पोखरेल, पंण्डित लक्ष्मीप्रसाद पोखरेल, त्रिफला पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी, कुल गुरु कृष्णप्रसाद पोखरेल सरकारी सेवामा उच्च तहमा पुगेका दिव्यराज पोखरेललाई सम्मान गरेको हो ।
मेचीनगरको पर्यटकिय स्थल बाँसबारीमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि त्रिफला पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारी तथा कार्यक्रम संयोजक खेमराज (राजु) पोखरेलले सम्मानित सवैलाई दोसल्ला पहिर्याएर सम्मान पत्र प्रदान गरेका थिए । सोहि कार्यक्रममा १८ जना पोखरेल कूल बंशका ज्येष्ठ सदस्यहरुलाई सम्मान गरिएको थियो ।

कार्यक्रम संयोजक खेमराज (राजु) पोखरेलको सभापतित्वमा भएको साधारणसभाको उद्घाटन सत्रले आगामी तीन वर्षे कार्यकालका लागि रेवन्तराज पोखरेलको अध्यक्षतामा १६ सदस्यीय नयाँ नेतृत्व चयन गरेको छ । समितिको उपाध्यक्षमा सीता पोखरेल, सचिवमा केशवप्रसाद पोखरेल, कोषाध्यक्षमा युवराज पोखरेल तथा सदस्यहरुमा इन्दिरा, भिष्म, यामकुमार, ज्ञानु, रेनुका, खेम, विष्णु, रुक्मिणा, इमा, दिनेश, यामकुमार र परशुराम पोखरेल चयन भएकाछन् ।

रेवन्तराज पोखरेलले सञ्चालन तथा दीपक पोखरेलले स्वागत मन्तव्य रहेको उद्घाटन सत्रमा मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेती, वरिष्ठ अधिवक्ता अशोककुमार पोखरेल, जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक पोखरेल, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षकद्वय अजुृनकुमार पोखरेल, कृष्णप्रसाद पोखरेल, पंण्डित लक्ष्मीप्रसाद पोखरेल, त्रिफला पुस्तकालयका अध्यक्ष प्रेमप्रकाश फलाहारीलगायतले मन्तब्य राखेका थिए ।



