खबर

निःशुल्क कानूनी सहायता दिन्छौ— अधिवक्ता गिरी

काठमाडौ । पछिल्लो समय सार्वजनिक सरोकारका बिषयहरुमा मुद्धा दर्ता गरेर चर्चाको रहेका अधिवक्ता बिष्णुकुमार गिरीले कानुनी साक्षरता अभियान सञ्चालन गरिरहेका छन् । गिरी नगरपालिका गाउँपालिका तथा स्थानीय उपभोत्ता समिति तथा बिद्यालयहरुमा कानुनी साक्षरताको अभियान सञ्चालन गरेका छन् ।
नेपाली उपभोत्ता संरक्षण महासंघका केन्द्रीय सदस्य समेत रहेका उनले सरकारी निकायले दिने सेवा सुबिधाको लागि जारी गरिने बडा पत्रमा कुनै कार्यालयले समयमै कार्य सम्पन्न गर्न नसेको त्यसको क्षतिपूर्ति सेवाग्राहीलाई दिनुपर्ने ब्यबस्था गर्नु पर्ने बताउँछन । अधिवक्ता गिरी भन्छन— अहिले अधिकास सरकारी कार्यालयको लेनलाईन फोन उठदैन् कार्यालयमा सूचना कक्ष त राखिएको हुन्छ तर त्यहाँबाट सेवाग्राहीले सूचना प्राप्त गर्न सकिरहेको अवस्था छैन यस्तो अस्थामा सेवाग्रही सहि समयमा सेवा पाउन नसक्ने अवस्था भएकोले क्षतिपूर्ति सहितको बडा पत्र हरेक सरकारी निकायले जारी गर्नु पर्छ ।
आम उपभोत्तालाई आफ्नो अधिकारको बारेमा जानकारी गराउन पाए नेपालमा बढदै गएको भष्ट्रचारको अन्त्य हुने बताउने अधिवत्ता गिरी बिकसीत मुलुकका उपभोत्ता सचेत भएकोले नै त्यो देशले बिकासमा फड्को मारेमो बताए ।
सरकारले राष्ट्रपति रामचन्द्र पौडेलले भारतमा गराएको आफ्नो उपचार खर्च दिने सरकारको निर्णय बिरुद्ध सर्बोच्च अदालतमा मुद्धा दर्ता गरेपछि अधिवक्ता बिष्णुकुमार गिरीको चर्चा थप चुलिएको छ । गिरीले अनलाइन नविकरण, पत्रकारलाई कोभिड खोपमा प्राथमिकता र तत्कालीन ओली सरकारले ल्याएको नागरिकता बिधयक जस्ता जनसरोकारका मुद्धामा सफलता हासिल गरिसकेका छन् । कानूनको सिद्धान्तमै कानूनको अज्ञानता क्षम्य नहुने भन्ने ब्यबस्था छ । कसैले कुनै गल्ती गर्यो र मलाई यो थाहा थिएन मैले जानीन भनेर क्षमा पाउँदैन त्यसैले पनि हरेक नेपाली र नेपालमा बस्ने बिदेशीले समेत नेपालको कानूनको बारेमा जानकारी आवश्यक भईरहेका बेला अधिवत्ता गिरीले कानुनी साक्षरता अभियानमा लागेका छन् ।
कानुनी साक्षरता अभियान अन्तर्गत गिरीले विभिन्न स्थानीय निकाय, बिधालय, सामुदायिक संघ संस्थाहरुमा कानून सम्बन्धी सचेतना मूलक कार्यक्रम गदै आएका छन् । बिभिन्न पत्रपत्रिका तथा संञ्चारमाध्यमबाट नियमित रुपमा कानून सम्बन्धी लेख रचना तथा अन्र्तवार्ताको माध्यमबाट कानूनी शिक्षाको बारेमा जानकारी दिदै आएका छन् ।
मेलमिलाप कर्ता समेत रहेका अधिवत्ता गिरी पछिल्लो समय कानून सम्बन्धि विभिन्नसंघ संस्थाले आयोजना गरेका कार्यक्रममा प्रशिक्षकको रुपमा तालिम समेत दिदै आएका छन् । स्थानीय तहमा रहेका न्यायीक समितिमा न्याधिसकै ब्यबस्था गर्नु पर्ने पक्षमा बकालत गदै आएका गिरी जनसरोकारका बिषय भेटयो कि त्यसको कानुनी उपचारको लागि अदालतको ढोका ढक्ढक्याउन पुगि हाल्छन् । पैसा खर्च गर्न नसक्नेको लागि निःशुल्क कानुनी सहायता गदै आएका छन् गिरीले । अधिवक्ता गिरीसँग लामो पत्रकारिता गरेको अनुभव पनि छ । उनी पत्रकार महासंघको विभिन्न तहमा नेतृत्वदायि भूमिका निर्बाह गरेर काम गरेको अनुभव पनि छ ।
गिरीको मेहनत, परिश्रम, दुःख र सघर्षका ति दिनमा आफुलाइै निरन्तरता दिदै आएका उनी अहिले कानुनी क्षेत्रमा परिचित नाम हो । उनले कोरिया जापान थाइल्याण्ड कम्बोडिया, बङलादेश, भारत, चिन लगायत एक दर्जन भन्दा बढी देशको भ्रमण गरेका छन् भने राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरको कानून सम्बन्धी तालिम समेत लिएका छन् । अधिवता गिरीले राष्ट्रिय नागरिक सम्मान २०७६, बिशेषनागरिक सम्मान २०७९लगायतको दजनौ सम्मान तथा पुरस्कार प्राप्त गरेका छन् । उनी श्रमजीबि पत्रकार संघ , टिआरटी लगायतका संघ संस्थाका कानुनी सल्लाहकार समेत हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button