
काठमाडाैं । नेपाल पुलिस क्लवले जारी प्रधानमन्त्री कप पुरुष राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगितामा दोस्रो जीत निकाल्दा वागमती प्रदेशले तेस्रो खेलमा पहिलो सफलता आत्मसात गरेको छ ।
पुलिसले मंगबार कीर्तिपुरमा कोशी प्रदेशलाई सात विकेटले हराउँदा सूर्य तामाङको ह्याट्रिकसहित ६ विकेटको उत्कृष्ट बलिङ प्रेरणामा वागमतीले मधेस प्रदशमाथि ८६ रनको जीत निकाल्यो । सुजन थपलियाको शतकका बाबजुद कोसीले सहजै पुलिसलाई सुम्पिँदै तेस्रो हार सामना गर्यो ।
भैरहवाको सिद्धार्थ क्रिकेट रंगशालामा मंगलबार भएको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशमाथि एक सय ३४ रनको फराकिलो जित निकाल्यो । सुदूरले पनि दोस्रो खेलमा शतप्रतिशत जित कायम राखेको छ ।जनता समाचार



