खबर

बाहुण्डाँगी जेसीजको लोम अफिसर तालिम

बाहुण्डाँगी । बाहुण्डाँगी जेसीजले आफ्नो पाँचौं कार्यक्रमअन्तर्गत शनिबार ‘लोम अफिसर तथा प्री-इन्डक्सन’ तालिम सम्पन्न गरेको छ ।

बाहुण्डाँगीस्थित हात्ती रिसोर्टमा सम्पन्न तालिमको मुख्य प्रशिक्षक चारआली जेसीजका पूर्व अध्यक्ष उत्तम पकुवाल रहेका थिए । शाखाका पदाधिकारी तथा सदस्यहरुको काम, कर्तब्य बिषयमा भएको तालिममा २१ जना सहभागी थिए ।

वर्ष २०२४ का अध्यक्ष देबु बानियाँको सभापत्तित्व तथा वडा नम्बर ४ का अध्यक्ष अर्जुनकुमार कार्कीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कार्की, कार्यक्रम संयोजक सामुल रायालगायतले बोलेका थिए ।कार्यक्रममा सहभागीको तर्फबाट रीना दर्जीले आफ्नो धारणा राखेकी थिइन् ।सहकोषाध्यक्ष बिदात गिरीको सम्योजकत्वमा भएको तालिममा अस्थापाठ दिवस पौडेल तथा सन्चालन महासचिव सुस्मिता खतिवडाले गरेकी थिइन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button