खबर

आर्सनलको फराकिलो जित

काठमाडौं । इंग्लिस प्रिमियर लिगमा क्रिस्टल प्यालेसविरुद्ध आर्सनलले उत्कृष्ट जित निकालेको छ । शनिबार भएको खेलमा आर्सनलले क्रिस्टल प्यालेसविरुद्ध ५–० को फराकिलो जित निकालेको हो ।

घरेलु मैदानमा भएको खेलमा आर्सनलका लागि गाब्रिएल मार्टिनेलीले दुई, गाब्रिएल माघालेस र लियान्ड्रो ट्रोसार्डले एक एक गोल गरे । क्रिस्टल प्यालेसले एक आत्मघाती गोल गरेको थियो ।

आर्सनलले गाब्रिएलको गोलमा खेलको ११ औं मिनेटमा अग्रता लिएको थियो । ५९ औं मिनेटमा ट्रोसार्डले गरे । त्यस्तै इन्ज्युरी समयको चौथो र पाँचौं मिनेटमा मार्टिनेलीले गोल गरेका थिए । खेलको ३७औं मिनेटमा क्रिस्टलका डिन हेन्डरसनले आत्मघाती गोल गरेका थिए ।

जितसँगै २१ खेलमा ४३ अंक जोडेको आर्सनल अंकतालिकाको तेस्रो स्थानमा छ । भने क्रिस्टल प्यालेस २१ अंकका साथ १४ औं स्थानमा छ ।हिमालय टाइम्स

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button