कला

मेनुका टप टेनमा प्रवेश

काठमाडौँ । गायिका मेनुका पौडेल इन्डियन आइडलको १४ औँ सिजनको उत्कृष्ट १० मा प्रवेश गर्नुभएको छ । आइतबार बेलुकी प्रसारित कार्यक्रमबाट उहाँ उत्कृष्ट १० मा पुग्नुभएको हो ।

बटम थ्रीमा पर्नुभएका पीयूष, अञ्जना र मुस्कानमध्येबाट मुस्कान बाहिरिनुभएको छ । योसँगै इन्डियन आइडलमा अब अन्तिम १० को समीकरण तयार भएको छ ।

कार्यक्रममा शुक्रबार प्रदर्शनमा आउन लागेको चलचित्र ‘फाइटर’ प्रवर्धनका लागि अभिनेता ऋतिक रोशन पुग्नुभएको थियो । ऋतिक अभिनीत चलचित्रका गीत गाएर कार्यक्रम विशेष बनाइएको थियो । ऋतिकले सहभागीसँग नाचगानसमेत गर्नुभएको थियो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button