मूल खबर

मध्यरातिदेखि मौन अवधि सुरुहुने

काठमाडौं । राष्ट्रिय सभा निर्वाचनका लागि सोमबार राति १२ बजेदेखि मौन अवधि सुरु हुँदैछ । निर्वाचन आयोगले विज्ञप्ति जारी गर्दै मौन अवधिबारे सचेत गराएको हो ।

मध्यरातिदेखि प्रचार प्रसार निषेध गरिएको आयोगले जाएको छ । मौन अवधिमा राजनीतिकदलका पदाधिकारी, उम्मेदवारदेखि आचारसंहिता पालना गर्नुपर्ने सरोकारवालाले निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि किसिमका छलफल, गोष्ठी, सभा सम्मेलन गर्न पाइने छैन ।

कुनै पनि विधि, प्रक्रिया वा माध्यमबाट मत माग्ने, सामाजिक सञ्जालदेखि अनलाइन, छापा वा अन्य कुनै माध्यमबाट राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा कुनै पनि सन्देश, सूचना वा प्रचारप्रसारका सामग्री पोष्ट वा शेयर गर्न समेत नपाइने आयोगले जनाएको छ ।

राष्ट्रिय सभा सदस्यका लागि आगामी विहीबार ११ गते मतदान हुँदैछ । मौन अवधि मतदान सम्पन्न नभएसम्मका लागि जारी रहने छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button