खबर

सोमालियामा अमेरिकी हवाई आक्रमणमा तीन आतङ्ककारी मारिए

एजेन्सी। अमेरिकी सेनाले मंगलबार सोमालियामा हवाई आक्रमण गरेको छ । यस हमलामा अल–कायदासँग सम्बन्धित अल–शबाबका तीन लडाकू मारिएका छन् र त्यहाँ कुनै पनि नागरिक हताहत भएको छैन् । अमेरिकी अफ्रिका कमाण्डले एक विज्ञप्तिमा सोमालिया सरकारको अनुरोधमा हमला गरिएको बताएको छ । आक्रमण आइतबार किसमायोबाट ३५ किलोमिटर उत्तर–पूर्व क्षेत्रमा भएको थियो।

आक्रमणमा मारिएकाहरुको परिचय खुलाइएको छैन । आतंकवादी संगठन अल–शबाबबाट पनि कुनै प्रतिक्रिया आएको छैन। विज्ञप्तिमा भनिएको छ कि अल–शबाब विश्वमा अल कायदाको सबैभन्दा ठूलो र सक्रिय नेटवर्क हो। अल शबाबले अमेरिकी सेनामाथि आक्रमण गर्ने र वाशिंगटनको सुरक्षा हितलाई धम्की दिने काम जारी राखेको छ।

आतंकवादी संगठनहरूले सोमालिया सरकारविरुद्ध १६ वर्षदेखि विद्रोह गरिरहेका छन्। छिमेकी देश केन्यामा आतङ्ककारीहरूले ठूलो मात्रामा आक्रमण गरेका छन् । केन्याली सेनाहरू सोमालियामा एयूको शान्ति सेनाको एक हिस्सा हुन् र अल–शबाबले केन्याको सैन्य उपस्थितिको बदला हमला गर्ने वाचा गरेको छ।

२०२० मा, अल–शबाब लडाकुहरूले केन्याको तटमा अमेरिकी प्रतिआतंकवाद बलहरूले प्रयोग गर्ने एउटा प्रमुख सैन्य आधार कब्जा गरे, जसमा तीन अमेरिकी सैनिकहरू मारिए ।EmountainTv

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button