मूल खबर

संखुवासभामा प्रहरीको हेलिप्याड नजिकै सकेट बम फेला

संखुवासभा ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाको हेलिप्याड नजिकै सकेट बम फेला परेको छ। बुधबार जिल्ला प्रहरी कार्यालय हेलिप्याडनजिकै सकेट बम फेला परेको प्रहरीले जनाएको छ।

सकेट बम द्वन्द्वका बेला सुरक्षाका लागि राखिएको हुन सक्ने अनुमान गरिएको छ। सकेट बम डिस्पोजका लागि सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको नयाँ भैरवी दल गुल्मको टोलीलाई खबर गरिएको जिल्ला प्रहरी प्रमुख डिएसपी घनश्याम श्रेष्ठले बताए।

सरसफाई गर्ने क्रममा प्रहरी कार्यालयको हेलिप्याड नजिकै प्रहरीले नै शंकास्पद बस्तु फेला पारेको हो।न्यूज अफ नेपाल

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button