खबर

सात हजार घुस सहित बन अधिकृत पार्दे अख्तियारको नियन्त्रणमा

काठमाडौँ । बाँके सब–डिभिजन वन कार्यालय, राँझामा कार्यरत सहायक वन अधिकृत नारायण पार्दे लाई अख्तियारको टोलीले घुस सहित नियन्त्रणमा लिएको छ । काठ चिरानको सिफारिस गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिने क्रममा नियन्त्रणमा लिइएको आयोगले जनाएको छ ।

घुस सहित उनीसँग श्रोत नखुलेको ४५ हजार नौ सय ७५ रुपियाँ समेत गरी जम्मा ५२ हजार नौ सय ७५ रुपियाँ सहित पक्राउ गरिएको हो। उनलाई थप कारबाही प्रक्रिया अघि बढाइएको आयोगका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयो ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button