खबर

‘हरेक राजनीतिक नेतृत्वले आध्यात्मिक शिक्षा लिनुपर्छ’ सांसद भगबती चाैधरी

सुनसरी । पछिल्लो समय समाज एकले अर्कालाई पछारेर कसरी अगाडी बढ्ने प्रतिष्पर्धामा उत्रिनु दुखःद भएको बताउँदै राजनीतिक नेतृत्वले आध्यात्मिक शिक्षा लिँदै समुन्नत समाज निर्माणमा काम गर्नु जरुरी रहेको बताएकी छन् । धार्मिकताको आडमा एकले अर्कोलाई जित्ने तवरले अगाडी बढ्नु भन्दापनि सामाजिक, सहिष्णुता कायम गर्न राजनीतिक नेतृत्वमा आध्यात्मिक शिक्षा जरुरी रहेको बताइन् ।

गृहजिल्ला सुनसरीको दुहबी नगरपालिका वडा नम्बर आठमा सन्त कवीर गुरु रविदास आश्रमको शिलान्यास गर्दै चौधरीले विश्व नै धार्मिक आस्था लिएर एकले अर्कोलाई तहसनहत गर्न उद्यत हुँदा साम्प्रदायिकता फैलन सक्ने भएकोले यस्ता तिक्तता हटाउन हरेक नेतृत्वमा आध्यात्मिक चेतना हुनुपर्ने बताइन् । ‘दुषित समाज र होडबाजीको समाजलाई ठिक ठाउँमा ल्याउन, धार्मिक सम्प्रदायिकता निम्तन नदिन सबैको आस्थाप्रति सम्मान गर्दै राजनीतिक नेतृत्वले आध्यात्मिक शिक्षा लिनुपर्छ ।’ आध्यात्मिक शिक्षा लिए सत्य बोल्न प्रेरित गर्ने भन्दै चौधरीले भनिन् ।

हरेक टोल र क्षेत्रमा आध्यात्मिक सत्संघ, मन्दिर, आध्यात्मिक स्कुलहरु जरुरी रहेको भन्दै त्यसले मानवभित्र सदमार्गमा चल्न प्रेरणा दिने बताइन् । आजका धेरै विकसित देशहरु पनि धार्मिक संगठनबाट अगाडी बढ्दै राजनीतिक रुपमा उदाएको चर्चा गर्दै चौधरीले समाज, देशलाई सकारात्मक बनाउन धार्मिक गुरुहरुले पनि भूमिका खेल्नुपर्ने बताइन् ।

धार्मिकताका आधारमा मानिसको जीवन र स्वास्थ्यसँग धार्मिक नेतृत्वहरुले खेलवाड गर्ने गरेकोमा त्यस्तो नगर्न सुझाउँदै बरु समाजमा रहेको विक्रिति, विसंगति विरुद्ध चेतना प्रवाहमा लाग्न अनुरोध गरिन् । आध्यात्मिक सँगसँगै बैज्ञानिक विषयलाई पनि सँगसँगै अगाडी बढाए समाज सुधार्न टेवा पुग्ने बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button