खबर

संघीयता र धर्म निरपेक्षतासम्बन्धि सबै कानूनहरु छिटो निर्माण गरौँ : ओनसरी घर्ती

काठमाडाैं । पूर्वसभामुख एवं माओवादी केन्द्रकी नेतृ ओनसरी घर्तीले संघीयतासम्बन्धि कानून छिटो भन्दा छिटो निर्माण गर्नुपर्ने बताउनुभएको छ ।

संघीयता र धर्मनिरपेक्षतामाथि प्रश्न उठाउने काम भएकाले पनि संविधानमा व्यवस्था गरिएअनुसार यससम्बन्धि तत्काल कानून निर्माण गरी कार्यान्वयनमा जान ढिलाई गर्न नहुने उहाँको तर्क थियो ।

काठमाडौंमा आयोजित, ‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक राष्ट्रिय गोष्ठीमा बोल्दै पूर्वसभामुख घर्तीले संसदमा वर्तमान शासन व्यवस्थाबारे राजनीतिक दलहरुले घनिभुत छलफल गर्नुपर्ने आवश्यकता समेत औंल्याउनुभयो । जनता र जनप्रतिनिधिहरुबीचको ग्यापको कारण पनि संघीयता र धर्म निरपेक्षतामाथि प्रश्न उठाउनेहरुलाई बल पुगेकाले संसदमा त्यस्ता भ्रम चिर्ने गरी छलफल गर्नुपर्ने उहाँले बताउनुभयो ।पूर्वसभामुख घर्तीले संसदलाई कानून निर्माण गर्ने थलोको रुपमा स्थापित गराउन पनि राजनीति दलहरु लाग्नुपर्ने बताउनुभयो ।जनता समाचार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button