मूल खबर

ललितपुरको इमाडोलमा आमा र अचेत अवस्थामा फेला परेका दुई नाबालकको मृत्यु

काठमाडौं : ललितपुरको महालक्ष्मी नगरपालिका–४ स्थित इमाडोलमा बस्ने आमा र उनका दुईजना बच्चाको मृत्यु भएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले अचेत भेटिएका छ वर्षीय बालक र दुई वर्षीया बालिकाको शनिबार साँझ मृत्यु भएको जानकारी दिए।

घरको माथिल्लो तलाबाट बच्चाकी आमा रविना महर्जन हाम फालेकी थिइन्। आमा हाम फालेपछि घरमा हेर्दा बच्चा अचेत देखिएपछि उपचारका लागि अस्पताल लगिएकामा बच्चाको मृत्यु भएको कार्कीले बताए।

झर्दा झर्दै स्थानीयले देखेपछि उद्धार गरेर हुन्। गम्भीर घाइते भएकी महर्जनलाई उपचारका लागि किष्ट अस्पतालमा उपचार गर्न लगिएको थियो । उपचारको क्रममा उनको पनि मृत्यु भएको हो।घटनाको अनुसन्धान जारी रहेको प्रहरी उपरीक्षक कार्कीले बताए।अन्नपूर्ण पोष्टबाट ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button