खबर

माओवादी केन्द्रको विधान सम्मेलन आज

काठमाडौं। नेकपा माओवादी केन्द्रको विधान सम्मेलन आजबाट सुरू हुँदैछ । नेपाल प्रज्ञा भवन, कमलादीमा उक्त अधिवेसन सुरू हुनेछ । अधिवेसन बिहान ११ बजे देखी बोलाइएको छ ।

जम्बो केन्द्रिय समिति निर्माण गरेको माओवादीले बिधान अधिवेसनबाट १ सय ९९ सदस्सीय केन्द्रिय समिति बनाउने प्रस्ताव पेश गर्दैछ । गत शनिवार सम्पन्न स्थायी कमिटी बैठकले सो प्रस्ताव प्रस्ताव गर्ने जिम्मेवारी पार्टी पदाधिकारीलाइ दिएको थियो ।

जसअनुसार आजबाट सुरू हुने बिधान अधिवेसनमा १ सय ९९ सदस्सीय केन्द्रिय समितिको प्रस्ताव हुन लागेको हो ।

गत आइतबार र सोमवार सम्पन्न केन्द्रिय कमिटीको बैठकमा केही समय अघि माओवादीले सञ्चालन गरेको रूपान्तरण अभियानका बारेमा समिक्षा गरेको थियो । सो अभियानले माओवादीलाइ थप बलियो बनाएको जनाउँदै केन्द्रिय समिति बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँगको गठबन्धनले पार्टीलाइ घाटा भएको जनाउँदै पुनर्बिचार गर्नु पर्नेमा जोड गरेका थिए ।हिमालय टाइम्स

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button