
दुग्ध विकास संस्थान (डीडीसी) का महाप्रबन्धक सञ्जीव झामाथि मोहन वैद्य नेतृत्वको क्रान्तिकारी युवा संगठनले कालोमोसो दलेको छ।
शुक्रबार बिहान कार्यालय खुलेपछि महाप्रबन्धक झामाथि केही व्यक्तिहरूले उनकै कार्यकक्षमा पुगेर कालोमोसो दलेका हुन्।
क्रान्तिकारी युवा संगठनले दूध बेचेको करिब १७ करोड रुपैयाँ संस्थानमा दाखिला नगरी व्यक्तिगत प्रयोजनमा खर्च गरेकोले कालोमोसो दलेको बताएको छ।
यस्तै डिडिसीले किसानबाट दूध खरिद गरेको ८५ करोड रुपैयाँ बक्यौता तिर्न आलटाल गरेको, इन्धन र सवारीसाधन प्रयोगमा मितव्ययी नभएकोले, कर्मचारीको सरुवा–बढुवामा समेत आर्थिक लाभ लिने गरेको समेत उनीहरूले उल्लेख गरेका छन्।
किसानबाट संकलन भएको दूध बिक्री नगरी पाउडर बनाएर गोदाममा थन्क्याउने र कमिसनको लागि दूध उत्पादन कम भएको भन्दै भारतबाट कच्चा दूध आयातका लागि मन्त्रालयमा लिखित प्रस्ताव गरेकोले मोसो दलिएको समेत संगठनले बताएको छ।
महाप्रबन्धकको नियुक्ति लिएयता पहिलो वर्ष ३७ करोड र दोस्रो वर्ष ६० करोड गरी ९७ करोड संस्थान घाटामा लगेकोले उनीहरूको आरोप छ।Sagarmatha TV



