मूल खबर

कांग्रेसबाट निर्वाचित वडाअध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानविन गर्नुपर्छ : उपसभापति गुरुङ

काठमाडाैं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नेपाली कांग्रेसबाट निर्वाचित वडाअध्यक्षदेखि मन्त्रीसम्मको सम्पत्ति छानविन गर्नुपर्ने बताउनुभएको छ ।

नेपाली कांग्रेसको महासमिति बैठक उद्घाटन सत्रमा बोल्दै उपसभापति गुरुङले पार्टीबाट निर्वाचित वडाअध्यक्षदेखि आफूजस्ता मन्त्रीहरुसम्मका सम्पती छानविन गर्नुपर्ने प्रश्ताव महासमितिले पारित गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले महासमिति बैठकले यस्तो प्रश्ताव पारित गरेमा पार्टीले आगामी निर्वाचनमा बहुमत ल्याउने दाबी गर्नुभयो । क्रोनी क्यापिटालिजमका कारणले गर्दा नेताहरु व्यापारीजस्ता व्यापारीहरु नेताजस्ता देखिएका बताउँदै उहाँले महासमिति बैठक क्रोनी क्यापिटालिजमका बिरुद्धमा एक ठाउँमा उभिनुपर्ने बताउनुभयो ।

उहाँले भ्रष्टाचारका कारण आर्थिक सुशासन कायम गर्न नसकिएको पनि बताउनुभयो । उहाँले भ्रष्टाचार रहेसम्म वर्गिय असमानता कायम रहने बताउनु भयो।

उपसभापति गुरुङले पार्टीको संगठनात्मक संरचना कस्तो बनाउने भन्ने विषयमा महासमिति बैठकले उपयुक्त निर्णय गर्नुपर्ने बताउनुभयो । केन्द्रीय समिति बैठकले गरेका निर्णयहरुलाई महासमिति बैठकले सच्याउन सक्ने उहाँको भनाइ छ ।जनता समाचार

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button