खेलकुद

आयोजक झापा–११ सेमिफाइनलमा

बल खोस्ने प्रयास गर्दै पा–११ र मकवानपुरका खेलाडी । तस्बिर : गोरखापत्र

लीलाराज खड्का

बिर्तामोड। आयोजक झापा–११ झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा जारी छैटौँ झापा गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको अन्तिम क्वार्टरफाइनल खेलमा झापाले एन्फा मकवानपुरलाई ५–१ गोलले हरायो ।

झापाको जितमा आदित्य शाक्य, विदेशी खेलाडी हेरिसन, प्रदीप बुढाथोकी, बबिन बोहोरा र आशिष् चापागाईँले गोल गर्नुभयो । मकवानपुरले दोस्रो हाफको अन्तिमतिर सान्त्वना एक गोल फर्काएको थियो । झापाका समिराज थोकर म्यान अफ दि म्याच हुनुभयो । उहाँले ११ हजार रुपियाँ पुरस्कार पाउनुभयो ।

सेमिफाइनलमा झापा–११ ले शनिबार चर्च ब्वाइजसँग खेल्नेछ । शुक्रबार पहिलो सेमिफाइनलमा त्रिभुवन आर्मी र एपीएफ क्लबबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको विजेता टोलीले १३ लाख र उपविजेताले सात लाख रुपियाँ पुरस्कार पाउनेछ ।गोरखापत्र अनलाइन

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button