मूल खबरहेड लाइन

राष्ट्रियसभा अध्यक्षको निर्वाचन मिति तोकियो, सोमबार उम्मेदवारी दर्ता

काठमाडौँ ।

राष्ट्रियसभाको निर्वाचन यही फागुन २९ गतेका लागि तोकिएको छ।

राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले राष्ट्रिय सभाका अध्यक्षको निर्वाचन मिति तोकिएको आइतबारको सभालाई जानकारी गराएकी छिन्।

आइतबारको बैठक अध्यक्षता गर्दै उनले राष्ट्रियसभा अध्यक्षको निर्वाचनका लागि नियमावली बमोजिम संघीय संसद्का महासचिव पद्मप्रसाद पाण्डेलाई कार्यतालिका सूचना प्रकशनका लागि निर्देशन पनि दिएकी छिन्।संसद् सचिवालयका अनुसार सोमबार (भोलि) उम्मेदवारी दर्ताको कार्यक्रम छ।न्युज अफ नेपाल

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Related Articles

Back to top button